Friday 23 September 2011

दुई बाल्टिन पानी लिएर जानूस्,

लोभी नेताका रूपमा सुपरिचित रामचन्द्र पौडेलकहाँ केही स्थानीय युवा चन्दा माग्न आए ।

'नेताज्यू, हाम्रो ठाउँमा अति गर्मी हुने भएकाले हामीले एउटा स्विमिङपुल बनाउने योजना बनाएका छौँ । तपाईंले सहयोग गर्नुपर्‍यो,' पौडेलसँग सहायता मागियो । उनले एकछिन सोचे र भने, 'यस्तो सामाजिक काममा म सहयोग गरिहाल्छु नि ।'

पौडेल घरभित्र पसे र एकछिनपछि दुई बाल्टिन पानी लिएर आए । चन्दा माग्न आएकामध्ये एकलाई दुवै बाल्टिन थमाउँदै उनले भने, 'भाइहरूले गर्न लागेको काम एकदमै सराहनीय छ । अहिलेलाई स्विमिङपुलका लागि चाहिने दुई बाल्टिन पानी लिएर जानूस्, पुगेन भने फेरि आउनुहोला ।'



No comments:

Post a Comment