Friday 23 September 2011

ट्रयाक्टर चढेर हर्न बजाउँदै

कृषि तथा सहकारीमन्त्री मृगेन्द्रकुमारसिंह यादव कुनै जमानामा किसान थिए । कुरा त्यतिवेलाको हो । उनको गाईले साँढे खोज्यो । पल्लोगाउँमा एउटा बीउ साँढे छ भन्ने सुने । संयोगले त्यो साँढे भएको व्यक्ति मन्त्रीजीकै साथी रहेछ । मन्त्रीजीले गाईलाई ट्रयाक्टरमा हालेर साथीकोमा लगे । धेरै वर्षपछि भेट भएका साथी, खानपिन भयो । उता साँढे र गाईको पनि प्रेमालाप भयो । बेलुकी फर्किने वेला गाईलाई ट्रयाक्टरमा हालेपछि मन्त्रीजीले साथीलाई सोधे, 'साँढे त लगाइयो, तर गाई भर्ना भए/नभएको कसरी थाहा पाउने ?'

'बिहान गोठमा जानु, गाई भुइँमा बसेर उघ्राइरहेको छ भने भर्ना भयो भन्ने बुझ्नु, उफ्रिँदै कराइरहेको छ भने भर्ना भएन भन्ने बुझ्नु । त्यसो भएछ भने गाईलाई फेरि यहीँ लिएर आउनू,' साथीले यति बताएपछि मन्त्रीज्यूले गाई लिएर घर गए ।

भोलिपल्ट गाई गोठमा उफ्रिरहेको थियो । मन्त्रीज्यूले तुरुन्त गाईलाई ट्रयाक्टरमा हालेर साथीकोमा पुर्‍याइहाले । साँढे लगाएपछि गाई लिएर मन्त्री फर्किए ।

अर्का दिन पनि गाई उफ्रिरहेको थियो । त्यस दिन पनि गाईलाई ट्रयाक्टरमा हालेर साथीकोमा लगे मन्त्रीले ।

यसरी सात दिन बिते ।

आठौँ दिनको दिन फर्किने वेला साथीले मन्त्रीज्यूलाई भने, 'आज चैँ पक्का भयो । भोलि गाई उफ्रिएको हुँदैन । बसेर उघ्राइरहेको हुनेछ ।'

भोलिपल्ट बिहानै मन्त्रीज्यूकी श्रीमतीले उनलाई ब्युँझाइन् र अत्तालिँदै भनिन्, 'गाई-गाई ।'

मन्त्रीज्यूले आँखा मिच्दै भने, 'गाई बसेर उघ्राइरहेको छ होइन ?'

'केको उघ्राउनु नि,' श्रीमती बोलिन्, 'गाई त आफै ट्रयाक्टर चढेर हर्न बजाउँदै छ ।'

No comments:

Post a Comment