Thursday 22 September 2011

अध्यक्ष आवश्यक्ता


-सूर्यराज गिरी 
दश जनाको जमात भयो कि संगठन खोल्ने
जातभातको मात्र कुरा गर्ने नेपाली भई कहिले नबोल्ने
डालो फालेर टोकरी भर्ने
कोही छ हाम्रो नयाँ संस्थामा अध्यक्ष भई काम गर्ने ?
नेपालको प्राकृतिक हराभरालाई लुकाउन सक्ने
रोग शोक र भोकमरी मात्र बिदेशीलाई देखाउन सक्ने
दुःखै दुःख छ नेपालमा भनेर यूरो झार्ने
कसैको आँट छ हाम्रो संस्थामा काम गर्ने ?
बिदेशमा बसेर नेपालीकै खुट्टामा बन्चरो हान्ने
अरु सबै अशिक्षित आफूलाई मात्र बिद्धान ठान्ने
एउटाको कुरा लगेर अरुको कान भर्ने
कोही छ हाम्रो संस्थालाई दिशानिर्देश गर्ने ?
झूठको खेती गरेर उठाएको रकम सबै कुम्ल्याउने
सुखीको पछि लाग्ने दुःखी देख्ने बित्तिकै निधार खुम्च्याउने
कसैले सहयोगको हात मागे परपर सर्ने
कसैलाई रहर छ हाम्रो नयाँ संस्थामा काम गर्ने ? fom Damadol.com

No comments:

Post a Comment