पर्वत माघ २४ । पर्वतका एक कृषकले लप्सीबाट बन्ने परिकार बिकि्र गरेर बार्षिक चार लाख रुपैंया सम्म आम्दानी गर्न सफल भएका छन् । पर्वत जिल्लको मुडिकुवा गाविसका थानेश्वर पौडेलले २०५८ सालबाट जिल्लामै पहिलोपटक व्यावसायिक रुपमा लप्सी प्रशोधन गरेर विकि्र गर्न थालेपछि अत्याधिक माग आउन थालेको हो ।
अहिले लप्सीका दाना संकलन गरेर परिकार बनाउन भ्याई नभ्याई छ । घरमै पाच लाख रुपैैंया लगानी गरेर सामुदायिक खाद्य प्रशोधन उद्योग स्थापना गरेका पौडेले लप्सीबाट दुई दर्जन बढी परिकार तयार गरेका छन् ।
ुमंसिर देखि फागुन सम्म लप्सीको कामबाट एकछिन फुस्रद पाउदिनु उनले भने यसको माग धेरै भएकाले घरमै बसेर लप्सीका दाना संकलन गरी परिकार बनाउने गरेको छु । उनले दाना संकलन गर्न र परिकार बनाउन १२ जनालाई रोजगारी समेत प्रदान गरेका छन् । भुषालले लप्सीबाट जाम अचार केन्डी तितौरा लगायत २५ थरिका परिकार बनाउ छन् । पाच जनाको परिवार यसैले पालिएको छ । ुलप्सीको माग अहिले धेरै नै आउने गरेको छ उनले भने जिल्लामा लप्सीका परिकार बनाउने आफू एक्लै भएकाले माग धान्न्ा मुस्किल भएको छ ।ु यसका परिकार गाउघर कुश्मा पोखरा काठमाडौ र विदेश समेत जाने गरेको छ । परिकार बिकि्र गर्न केही संघसंस्थाले सहयोग गरेपनि भुषाल आफैं समेत बजार धाउने गरेका छन् ।
जिल्लाका शंकरपोखरीलिमिठानामुडिकुवा ठानामौलाभंगरामा व्यसायिक रुपमा लप्सी लगाईएकाले उक्त गाविसबाट ल्याईएका लप्सीका दानालाई प्रशोधन गरी परिकार बनाउने गरिएको छ
No comments:
Post a Comment